बिएल संवाददाता
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरूको भूमिका महत्वपूर्ण भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित नेपालका विशिष्ट महिलाहरूको ऐतिहासिक फोटो प्रदर्शनीको उद्घाटन गर्दै उनले घरदेखि समाजलाई राम्रो मार्गमा अगाडि बढाउन महिलाहरूको भूमिका महत्वपूर्ण भन्दै यसलाई हल्कामा लिन नहुने बताए।
उनले भने, ‘महिलाहरूको हक अधिकारको बारेमा कुरा गर्दा यसको लागि संगठन आवश्यक हुन्छ। समाजमा महिलाहरूको धेरै नै ठूलो योगदान छ। घरदेखि बाहिर सबै ठाँउमा महिलाको सहभागिता महत्वपूर्ण छ। समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरूको भूमिका पनि महत्वपूर्ण हुन्छ। यसलाई हामीले हल्कामा लिनु हुदैन जस्तो लाग्छ।’
यस्तै, उनले नारी शक्तिलाई सम्मान पनि गर्न जान्नु पर्ने उल्लेख गर्दै समाजले महिलाहरूको कदर बुझ्नु पर्ने बताए।
उनले भने, ‘नारीको शक्ति कति छ भन्ने कुरा हामी सबैले देखेका छौं तर नारी शक्तिको बारेमा बुझेर मात्र भएन, नारी शक्तिलाई सम्मान पनि गर्न जान्नु पर्छ भन्ने कुरालाई आजको फोटो प्रदर्शनीले सन्देश दिएको छ। महिलाहरूको कदर समाजले पनि गर्न जान्नुपर्छ।’
उनले समाजलाई सहि दिशातर्फ अघि बढाउन सबैले आफ्नो स्थानबाट प्रयास गर्नुपर्ने बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया