बिएल संवाददाता
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरूको भूमिका महत्वपूर्ण भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित नेपालका विशिष्ट महिलाहरूको ऐतिहासिक फोटो प्रदर्शनीको उद्घाटन गर्दै उनले घरदेखि समाजलाई राम्रो मार्गमा अगाडि बढाउन महिलाहरूको भूमिका महत्वपूर्ण भन्दै यसलाई हल्कामा लिन नहुने बताए।
उनले भने, ‘महिलाहरूको हक अधिकारको बारेमा कुरा गर्दा यसको लागि संगठन आवश्यक हुन्छ। समाजमा महिलाहरूको धेरै नै ठूलो योगदान छ। घरदेखि बाहिर सबै ठाँउमा महिलाको सहभागिता महत्वपूर्ण छ। समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरूको भूमिका पनि महत्वपूर्ण हुन्छ। यसलाई हामीले हल्कामा लिनु हुदैन जस्तो लाग्छ।’
यस्तै, उनले नारी शक्तिलाई सम्मान पनि गर्न जान्नु पर्ने उल्लेख गर्दै समाजले महिलाहरूको कदर बुझ्नु पर्ने बताए।
उनले भने, ‘नारीको शक्ति कति छ भन्ने कुरा हामी सबैले देखेका छौं तर नारी शक्तिको बारेमा बुझेर मात्र भएन, नारी शक्तिलाई सम्मान पनि गर्न जान्नु पर्छ भन्ने कुरालाई आजको फोटो प्रदर्शनीले सन्देश दिएको छ। महिलाहरूको कदर समाजले पनि गर्न जान्नुपर्छ।’
उनले समाजलाई सहि दिशातर्फ अघि बढाउन सबैले आफ्नो स्थानबाट प्रयास गर्नुपर्ने बताए।
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया