आइतबार, १७ अगस्ट २०२५

रास्वपा ‘खहरे भेल’ भएको अर्थमन्त्रीको दाबी, भन्छन्ः केही समयमै सुकेर जान्छ, कमिला हिँड्छन्

News Image
• • •

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्खाको खहरे भेल जस्तै भएको टिप्पणी गरेका छन्।

आइतबार नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम उनले रास्वपाको राजनीति बर्खामा आउने खहरे बाढी झैं भएको टिप्पणी गर्दै केही समयमा आफैं सुकेर जाने दाबी गरे।

‘एउटा बर्खा नसकिँदै खहरेको बाढी सुक्छ। कमिला हिँड्न थाल्छन्’, उनले भने, ‘रास्वपा पनि अब हराउँदै जानेछ। विरोधमा रमाएर गरिने राजनीति लामो समय टिक्दैन।’

उनले एमाले-कांग्रेस देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने पार्टी भएको दाबी गर्दै वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने जिकिर गरे।

उनले भने, ‘मुलुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं। यही सरकारले मुलुकको भविष्य बनाउँछ। अहिलेको सरकार ढल्नेवाला छैन। सरकार ढल्छ भनेर सपना नदेखे हुन्छ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!