
बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।
भेटमा दुईदेशीय सम्बन्ध, सहकार्यका क्षेत्रहरूलगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया