बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन ढिला हुँदा कांग्रेस मात्र नभइ देश नै कमजोर हुने बताएका छन्।
शनिबार नेपाली कांग्रेस सोलुखुम्बुले काठमाडौंमा आयोजना गरेको ‘नेपाली कांग्रेस भित्रको अपरिहार्यता–सहमति, सहकार्य र एकता आजको आवश्यकता’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले पार्टीको महाधिवेशन चाँडो गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘नेपाली कांग्रेसको छिटो भन्दा छिटो अधिवेशन भएन भने पार्टी कमजोर हुन्छ। कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर भए देश कमजोर हुन्छ।’
नेता कोइरालाले प्रधानमन्त्री केपी ओलीले ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ’ भने पनि देशमा भ्रष्टचार र दण्डहीनता बढेर गएको बताए।
‘प्रधानमन्त्रीज्यूले भन्नुहुन्छ भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भनेर तर दिनानुदिन भ्रष्टाचार बढेर गएको छ। दण्डहीनता बढेर गएको छ। सुशासन त नामै छैन। सीडीयो र मालपोत कार्यालयमा जाँदा नै सुशासन कस्तो छ देख्न सकिन्छ। यस्तो अवस्थालाई कांग्रेसले बदल्न सकेन भने पार्टी कमजोर हुन्छ। साथै देश पनि कमजोर हुन्छ,’ उनले भने।
उनले कुलिङ पिरियडलाई समाप्त पार्ने खेल एमालेबाट नै सुरु भएको समेत बताए। कार्यक्रममा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी र बलबहादुर केसी, नेपाली कांग्रेस सोलुखुम्बका उपसभापति घनराज सुनुवार लगायतले बोलेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया