
बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको बताएका छन्।
बुधबार बसेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले भने, ‘समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको छ। धेरैजसो कारागारमा क्षमताभन्दा बढी कैदीहरू रहेको अवस्था छ।
कारागारको भौतिक संरचना ठूलो र पूर्वाधार निर्माणको लागत बढी लाग्ने भएकाले समयमा नै सम्पन्न गर्न स्रोतको कमी भएको छ। व्यवस्थापनको काम गरिरहेको छौं।’
त्यस्तै उनले सात हजार जना कैदीबन्दीलाई अहिले उत्पादनमुलक काममा लगाइएको र ४० वटा कारागारमा बन्दीहरूलाई सामूहिक मनोसामाजिक परामर्श प्रदान गरिएको जानकारी गराए।
‘सात हजार जना कैदीबन्दीलाई अहिले उत्पादनमुलक काममा लगाइएको छ। त्यसले समयको सदुपयोग हुन्छ। ४० वटा कारागारमा बन्दीहरूलाई सामूहिक मनोसामाजिक परामर्श प्रदान गरिएको छ। विभागबाट ५४ वटा कारागार अनुगमन गरी सुधारका लागि पृष्ठपोषण प्रदान गरिएको छ। दुई हजार ८ सय ५७ जना बन्दीको स्वास्थ्य परीक्षण गरिएको छ। १२ वटा कारागारलाई नयाँ र ८ वटालाई पुराना सवारी साधन उपलब्ध गराइएको छ।’
उनका अनुसार कैदीबन्दीहरूको स्वास्थ्य बीमा पनि सुरु गरिएको छ।
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
‘फादर्स डे’, विडम्बनाको उत्सव
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया