
बिएल संवाददाता
कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने भएको छ।
कोशी प्रदेशसभा सदस्यको सङ्ख्याको एक चौथाइभन्दा बढी सदस्यले गत चैत २६ गते लिखित अनुरोधसहित अधिवेशनको माग गरेका थिए।
प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरूको मागअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम आज दिउँसो १ बजे प्रदेशसभा हल विराटनगरमा सो अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
गत चैत २६ गते मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराई आगामी जेठ ११ गते छैटौँ अधिवेशनको माग गरेका थिए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया