बुधबार, ०६ अगस्ट २०२५

रविलाई विश्वप्रकाशको काउन्टरः केरे केरे अदालतको आदेश मान्दिनँ रे? तिम्रो पिताजीको शासन हो?

News Image
• • •

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रास्वपाले अदालतलाई दवाब दिन रवि लामिछानेको पक्षमा हस्ताक्षर चलाएको भन्दै आपत्ति जनाएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले रवि लामिछानेले विगतमा सञ्चारकर्मी हुँदा भनेका अभिव्यक्त गरेका भनाइको नक्कल गर्दै अदालतलाई दवाब नदिन चेतावनी दिए।

उनले भने, ‘कसैले अदालतको आदेशमा यसरी नै अलिकति विमती राख्दै गर्दा केरे केरे अदालतको आदेश मान्दिनँ रे, तिम्रो पिताजीको शासन हो? भन्नुहुन्थ्यो। हिजो त्यसरी बोल्ने अनि अहिले केरे केरे कसलाई दबाब दिन खोजेको?  हस्ताक्षरमार्फत यो देशमा अदालतहरूमा वा कसलाई दबाब दिन खोजेको? एक अदालत होइन चार/चार अदालतले भनेको छ कहि पनि कसुर गरेको रहेनछ भन्ने देखिएन।’

उनले एउटै कसुरमा उनका सहयात्री छविलाल जोशीलाई थुनामा राख्दा रविलाई बाहिर छाड्न नमिल्ने भएकोले उनलाई पनि अदालतले थुनामा पठाएको जिकिर गरे।

उनले भने, ‘एक अदालत होइन चार/चार अदालतले भनेको छ कास्की, चितवन, रुपन्देही, काठमाडौं अदालतले कसुर नगरेको भन्न सक्ने अवस्था छैन तर, अहिले धरौटी त लिन्छौँ पछि ठहर गरेबमोजिम हुन्छ, भनेको छ। अनि उच्च अदालतले भन्छ तिमीले दोष गरेको भन्ने देखिने कुराहरू बढी छन् त्यसैले बाहिर राख्ने अवस्था छैन। तिम्रो सँगैको काम गर्ने सहयात्री चैं भित्र अनि तिमीलाई बाहिर राख्ने कुरा भएन अनि भित्र…’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!