
बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीबारे माओवादी केन्द्रले सुरुदेखि नै गहिरो अध्ययन र बहस गरेको दाबी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचनमा उनले एमसीसीबारे माओवादी गम्भीर रहेको भन्दै एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको बताए।
उनले भने, ‘नेकपा कालमा मैले नै नेतृत्व गरेर एमसीसीबारे के गर्ने भनेर कार्यदल गठन गरिएको थियो। कार्यदलले अनुमोदन गर्न हुँदैन भन्ने निष्कर्षसहित प्रतिवेदन दिएको थियो।’
यस्तै, उनले तत्कालीन अवस्थामा नेपाली कांग्रेस एमसीसीलाई जस्ताको तस्तै पारित गर्न जोडदार लागिपरेको र एमालेका अध्यक्ष केपी शर्मा ओली झन् कमा र फुलस्टप पनि परिवर्तन गर्न हुँदैन भन्नेमा कांग्रेसभन्दा जोडका साथ आएको बताए।
उनले भने, ‘काङ्ग्रेसभन्दा केपी ओली त झन् कडा केही परिवर्तन गर्न आवश्यक छैन् भन्नुभयो, हाम्रो केही साथीहरू केही आशा लिएर जानु भएको पनि जाउ भयो भनेर आउनु भयो। देशको भलो हुन्छ भने जोसँग पनि वार्ता गर्न के भयो र भनेर अप्ठयारो मानीमानी हामी चार जना गएका थियौं। तर यति अपमानजनक भाषा उहाँले प्रयोग गर्नुभयो, त्यो काङ्ग्रेसभन्दा पनि बढि रहेछ।’
त्यस्तै उनले आइपीएसको सदस्य बनाउने र एसपीपीसम्म पनि सैद्धान्तिक सहमति गर्ने एमाले नै भएको दाबी गरे।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया