बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजमा भएका विकृति, विसङ्गतीहरू र छाडापनहरू त्याग्न आवश्यक रहेको बताएका छन्।
सोमबार काठमाडौंमा अनेरास्ववियूद्वारा आयोजित एसईईमा उतीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा बोल्दै उनले नयाँ समाज र सुन्दर देश बनाउनको लागि समाजमा भएका विकृति, विसङ्गतीहरू र छाडापनहरू त्याग्न आवश्यक रहेको बताए।
उनले भने, ‘हामी एउटा नयाँ समाज बनाउन चाहन्छौं। सुन्दर देश बनाउन चाहन्छौं। मानिसको जीवन सुखी बनाउन चाहन्छौं। त्यसको लागि हाम्रो समाजमा जतिपनि विकृति र विसङ्गतीहरु छन्। छाडापनहरु छन्। त्यसलाई त्याग्नुपर्छ।’
त्यस्तै अध्यक्ष नेपालले जीवन नै संघर्ष भएको भन्दै त्यसैले जीवनबाट थाक्ने कुरा कहिल्यै गर्न नहुने धारणा राखे। चुनौतीहरूको सामना गर्न सक्ने मानिसले नै जीवनमा सफलता हासिल गर्न सक्ने बताउँदै उनले जस्तोसुकै अप्ठ्यारो आएपनि पार लगाइन्छ भन्ने संकल्प गर्नुपर्ने बताए।
उनले भने, ‘जीवन संघर्ष हो। त्यसैले जीवनबाट थाक्ने कुरा कहिल्यै गर्नुहुँदैन। समस्याहरू आउँछन् ,चुनौतीहरू आउँछन्, घरका आफ्नो चुनौती हुन्छन्। विद्यार्थीहरूलाई आफ्नै चुनौती हुन्छन्। सबै चुनौतीको सामना गर्ने आँट हुनुपर्छ। जसमा आत्मविश्वास छैन गरिछाड्छु भन्ने संकल्प छैन यो धर्तीमा त्यसले केही गरिखाँदैन। गरिखाने मानिसमा आत्मविश्वास हुनुपर्छ। सबै चुनौतीको सामना गर्ने आँट हुनुपर्छ र जस्तोसुकै अप्ठ्यारो आएपनि पार लगाइन्छ भन्ने संकल्प हुनुपर्छ। संसारमा असम्भव भन्ने कुनै पनि कुरा छैन। सगरमाथाको चुचुरो चडिछाड्छु भन्ने संकल्प भयो भने असम्भव केही छैन।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया