बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजमा भएका विकृति, विसङ्गतीहरू र छाडापनहरू त्याग्न आवश्यक रहेको बताएका छन्।
सोमबार काठमाडौंमा अनेरास्ववियूद्वारा आयोजित एसईईमा उतीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा बोल्दै उनले नयाँ समाज र सुन्दर देश बनाउनको लागि समाजमा भएका विकृति, विसङ्गतीहरू र छाडापनहरू त्याग्न आवश्यक रहेको बताए।
उनले भने, ‘हामी एउटा नयाँ समाज बनाउन चाहन्छौं। सुन्दर देश बनाउन चाहन्छौं। मानिसको जीवन सुखी बनाउन चाहन्छौं। त्यसको लागि हाम्रो समाजमा जतिपनि विकृति र विसङ्गतीहरु छन्। छाडापनहरु छन्। त्यसलाई त्याग्नुपर्छ।’
त्यस्तै अध्यक्ष नेपालले जीवन नै संघर्ष भएको भन्दै त्यसैले जीवनबाट थाक्ने कुरा कहिल्यै गर्न नहुने धारणा राखे। चुनौतीहरूको सामना गर्न सक्ने मानिसले नै जीवनमा सफलता हासिल गर्न सक्ने बताउँदै उनले जस्तोसुकै अप्ठ्यारो आएपनि पार लगाइन्छ भन्ने संकल्प गर्नुपर्ने बताए।
उनले भने, ‘जीवन संघर्ष हो। त्यसैले जीवनबाट थाक्ने कुरा कहिल्यै गर्नुहुँदैन। समस्याहरू आउँछन् ,चुनौतीहरू आउँछन्, घरका आफ्नो चुनौती हुन्छन्। विद्यार्थीहरूलाई आफ्नै चुनौती हुन्छन्। सबै चुनौतीको सामना गर्ने आँट हुनुपर्छ। जसमा आत्मविश्वास छैन गरिछाड्छु भन्ने संकल्प छैन यो धर्तीमा त्यसले केही गरिखाँदैन। गरिखाने मानिसमा आत्मविश्वास हुनुपर्छ। सबै चुनौतीको सामना गर्ने आँट हुनुपर्छ र जस्तोसुकै अप्ठ्यारो आएपनि पार लगाइन्छ भन्ने संकल्प हुनुपर्छ। संसारमा असम्भव भन्ने कुनै पनि कुरा छैन। सगरमाथाको चुचुरो चडिछाड्छु भन्ने संकल्प भयो भने असम्भव केही छैन।’
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया