बिएल संवाददाता
नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा सबै नेपालीलाई जोडिन आह्वान गरेका छन्।
अभियानको क्रममा अमेरिकामा रहेका घिसिङले शुक्रबार अमेरिकाको टेक्सास इर्भिंगमा आयोजित अन्तर्क्रिया कार्यक्रममा यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै घिसिङले आफूले बाँकी जीवन देशकै सेवामा समर्पित गर्ने बताउँदै डायस्पोराहरूबाट देशले ठूलो आशा गरेको बताए।
कार्यक्रममा बोल्दै उनले भने, ‘वास्तवमा देश बनाउन तपाईंहरूको ठूलो भूमिका रहेको छ। देशको सम्वृद्धिको लागि, देशमा सुशान कायम गर्न र देशको समग्र विकासको लागि तपाईंहरूबाट ठुलो आशा गरेको छु। आफ्नो आफ्नो क्षेत्रमा रहेर विभिन्न भूमिका तपाईं सबैले निभाउनुपर्छ यो एक्सनमा तपाइँहरु पनि आउनुपर्छ भन्ने मेरो अनुरोध हो।’
उनले अगाडि भने, ‘उज्यालो नेपाल त बन्यो अब उज्यालो नेपाल अभियान लिएर म आएको छु। केही दिन अघि बहराइनबाट उज्यालो नेपाल अभियान घोषणा गरेर आएको छु। कुनै नेता वा नेतृत्व जन्मिनु भन्दा पनि देश समृद्ध कसरी बनाउने भन्नेतर्फ रोडम्याप तयार गर्नु सबैभन्दा महत्वपुर्ण विषय हो।
उज्यालो नेपाल अभियान समृद्धिको अभियान, सामाजिक न्यायको अभियान, रोजगारीको अभियान र देशलाई आत्मनिर्भरताको बाटोतर्फ लैजाने अभियान भएको बताउँदै घिसिङले देशभित्र र बाहिर भएका श्रमशक्तिलाई एकिकृत गरी परिवर्तनतर्फ अगाडि बढाउने एउटा अभियान भएको बताए।
कुलमान घिसिङले, ‘उज्यालो अभियान’ नामक पार्टी खोल्न लागेको भन्ने हल्ला फैलिएको सन्दर्भ जोड्दै उनले नेपालमा राजजीतिक परिवर्तन धेरै भएपनि आर्थिक रुपान्तरण हुन नसकेको’ बताए।
साथै, नेपालमा विकास गर्न सक्ने नेतृत्व जन्मिन नसकेको बताउँदै उनले जनतालाई डेलिभरी दिनसक्ने खालको नेतृत्व चाहिएको बिचार व्यक्त गरे। त्यसका लागि एउटा राम्रो टिम बन्नुपर्ने र त्यसले नेपाललाई परिर्वतनतर्फ लैजाने उनको भनाई छ।
घिसिङ उज्यालो अभियानको सिलसिलामा यतिखेर अमेरिकाको विभिन्न स्थानहरूको भ्रमणमा छन्। उनले पछिल्लो कार्यक्रम टेक्सासकै अस्टिनमा गरेका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया