बिएल संवाददाता
नेपाली कांग्रेसले गण्डकी प्रदेश अधिवेशन आह्वान गर्नु गैरसंवैधानिक भएको बताएको छ।
बुधवार एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक भएको उल्लेख गरेका छन्।
‘सम्मानित अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक कार्य हो। यसप्रति गम्भीर सहमति जनाउँदै यसबाट प्रदेशसभामा द्वन्द्वको वातावरण सिर्जना हुने हुँदा यसको जिम्मेवार सम्बन्धित पक्षहरू हुने समेत स्पष्ट पार्दछौँ’, उनले भनेका छन्।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गते शुक्रबार ३ बजेदेखि आरम्भ हुनेगरी प्रदेश अधिवेशन आह्वान गरेका छन्।
गत चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका खगराज अधिकारीको नियुक्ति विवादमा रहेको छ। बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्ने क्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै उनको नियुक्ति अहिले विवादमा रहेको छ। उनको नियुक्तिको विषयमा सर्वोच्च अदालतले वैशाख १० गते पूर्ण सुनुवाइ गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।

कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया