बिएल संवाददाता
सत्ता समीकरणमा मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएपनि नेकपा एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेपछि सुदूरपश्चिमको राजनीति फेरि तरंगित बनेको छ।
एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडि सरिसकेको छ तर एमालेले भने उनी विवादित व्यक्त भएको भन्दै उनको विकल्प खोज्न भनेपछि राजनीति फेरि तरंगित बनेको हो।
एमालेले सोडारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उनको विकल्प खोज्न अडान लिएको बताइएको छ।
एमालेको अडानपछि एकीकृत समाजवादीका नेताहरु केन्द्रमा छलफलमा रहेको बुझिएको छ। एमालेले सोडारीबाहेक जो भएपनि आफूहरुलाई समस्या नहुने प्रस्ताव एकीकृत समाजवादीलाई दिएका छन्।
एमालेको नयाँ अडानपछि आज मुख्यमन्त्रीमा दाबी गर्न तयार गरेका सोडारी छलफलमा रहेका छन्। एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय यसअघि नै गरिसकेको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया