बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले ओली सरकारका मन्त्रीहरू टेण्डर परे जसरी भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा नल्याएर कर्मचारीलाई मात्र कारबाही गरेर भ्रष्टाचार नरोकिने बताए।
उनले भ्रष्टाचारको जरो र छाता नै राजनीति रहेको बताए। उनले दुई ठुला दलहरूको सरकारले वैकल्पिक शक्तिको अवाज बोकेका दलहरूले उठाएको कुरा नसुनेको बताए। उनले आफूहरूले भिजिट भिसाको मात्र विरोध नगरेर भन्दै समग्र भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन माग गरे।
उनले आफ्ना मागहरू सरकारले सम्बोधन नगरेसम्म विरोध जारी रहेको बताउँदै सम्बोधन सकेर बैठक बहिस्कार गरे।
लिङदेनको भनाइ-
हामीले दुई महिनादेखि भिजिट भिसा प्रकरणबारे छानबीनको माग गरेका थियौँ। यसको बाबजुद पनि कांग्रेस र एमाले मिलेर देशलाई सिध्याउने टेन्डर पारेको जस्तो गरिरहेको छ। कांग्रेस र एमालेबीच कुन मन्त्रीले कसरी छिटो पैसा कमाउने भन्ने बारे प्रतिस्पर्धा भइरहेको छ। भ्रष्टाचार कहाँ-कहाँ छ भनेर भन्न पर्दैन, भ्रष्टाचार कहाँचाँहि छैन भनेर बुझ्न आवश्यक छ। भ्रष्टाचारको जरो र छाता भनेको नै राजनीति हो। जबसम्म राजनीतिको क्षेत्रलाई कारबाहीको दायरमा ल्याइँदैन तबसम्म भ्रष्टाचार नियन्त्रणको कल्पना पनि गर्न पनि सकिँदैन। संरक्षणको दायरामा रहेको राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन आवश्यक छ। सार्वजनिक रुपमा जो दोषी छ त्यसलाई संरक्षण गर्न हुँदैन। हामीले निरन्तर आवाज उठाउँदै गएका छौँ। देशका ठुला दलहरूको सरकारले वैकल्पिक शक्तिको अवाज बोकेका दलहरूले उठाएको कुरा नसुनेको भिजिट भिसावाला जुन कुरा आएको छ, कमिसन खाएको कुरा आएको छ। यी सबैको छानबिनको लागि उच्च स्तरको छानबिन समिति बनाउन आवश्यक छ। नबनाँउदासम्म हामी संसदमा विरोध गरिरहने छौँ।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया