चर्को भन्सार शुल्क लाग्ने धम्कीपछि अमेरिकासँग ब्यापार सम्झौता गर्न जापान तयार भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा त्यसबारे लेख्दै एउटा ऐतिहासिक र सबैभन्दा ठूलो ब्यापार सम्झौता भएको बताएका छन्।
जापानसँग बृहत ब्यापार सम्झौता गर्न अमेरिका सहमत भएको भन्दै उनले जापानलाई धन्यवाद पनि दिएका छन्। यसअघि देखि नै जापान अमेरिकाको ठूला मध्ये एक ब्यापारिक साझेदार हो। ट्रम्पले यसपालि कार्यकाल सम्हालेलगत्तै जापानलाई पनि आगामी अगस्टसम्म ब्यापार सम्झौता गर्न ताकेता गरेका थिए। जापानले सम्झौता गर्न नमाने उसका सामग्रीमाथि २५ प्रतिशतभन्दा धेरै ‘ट्यारिफ’ लगाउने चेतावनी पनि ट्रम्पको थियो।
यो सहमतिअनुसार जापानले अमेरिका ५५० अर्ब अमेरिकी डलभन्दा धेरै लगानी गर्नेछ। र अब १५ प्रशिशतमात्रै कर तिर्नेछ।
त्यसवाफत अमेरिकाले कृषि उत्पादन, कार, ट्रक, चामललगायत अमेरिकी उत्पादन जापानलाई दिनेछ।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले यो सम्झौताको स्वागत गरेका छन्।
ह्वाइट हाउसमा जापानका मुख्य ब्यापार वार्ताकार रायोसी आकाजावाले सामाजिक सञ्जालमा ‘मिसन पूरा भएको’ भनेर उल्लेख गरेका छन्।
यो ब्यापार सम्झौताबारे जानकारी दिनका लागि ह्वाइट हाउसमै संयुक्त पत्रकार सम्मेलन हुनेछ।
‘मैले इतिहासकै सबैभन्दा ठूलो व्यापार सम्झौतामा हस्ताक्षर गरेको छु, मलाई लाग्छ जापानसँग इतिहासकै सबैभन्दा ठूलो व्यापार सम्झौता भएको छ’ ट्रम्पले भनेका छन् ‘उनीहरूका वरिष्ठ मानिसहरू यहाँ थिए र हामीले यसबारे लामो र कठिन काम गर्यौँ। यो सम्झौता सबैका लागि ठूलो कुरा हो। म जहिले पनि भन्छु सहमति सबैपक्षका लागि ठूलो हुनुपर्छ। यो ठूलो सम्झौता हो।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया