बिएल संवाददाता
राप्रपाले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरिलाई उक्त पद र केन्द्रीय सदस्यको जिम्मेवारीबाटसमेत हटाएको छ।
प्रवक्ता मोहनकुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै उनी पदमुक्त भएको जानकारी दिएका हुन्।
‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गर्नुभएको छ’ विज्ञप्तिमा भनिएको छ।
दुई दिनअघि मात्रै गिरिसहित अर्का उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीहरू डा. धवलसमशेर राणा र कुन्ती शाहीले संयुक्त विज्ञप्ति निकालेर पार्टी अध्यक्ष लिङ्देनको निर्णयप्रति असन्तुष्टी व्यक्त गरेका थिए।
त्यसअघि राप्रपा अध्यक्ष लिङ्देनले नवराज सुवेदीलाई अनुशासन समितिको संयोजकबाट हटाएपछि राप्रपा पदाधिकारीहरूभित्रै विवाद चुलिएको छ।
लिङ्देनको उक्त निर्णयले पार्टीमा अपूरणीय क्षति पुगेको भन्दै विज्ञप्ति जारी गर्ने चारमध्ये एक पदाधिकारी गिरीलाई लिङ्देनले पार्टीबाटै निकालेका हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया