बिएल संवाददाता
राप्रपाले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरिलाई उक्त पद र केन्द्रीय सदस्यको जिम्मेवारीबाटसमेत हटाएको छ।
प्रवक्ता मोहनकुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै उनी पदमुक्त भएको जानकारी दिएका हुन्।
‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गर्नुभएको छ’ विज्ञप्तिमा भनिएको छ।
दुई दिनअघि मात्रै गिरिसहित अर्का उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीहरू डा. धवलसमशेर राणा र कुन्ती शाहीले संयुक्त विज्ञप्ति निकालेर पार्टी अध्यक्ष लिङ्देनको निर्णयप्रति असन्तुष्टी व्यक्त गरेका थिए।
त्यसअघि राप्रपा अध्यक्ष लिङ्देनले नवराज सुवेदीलाई अनुशासन समितिको संयोजकबाट हटाएपछि राप्रपा पदाधिकारीहरूभित्रै विवाद चुलिएको छ।
लिङ्देनको उक्त निर्णयले पार्टीमा अपूरणीय क्षति पुगेको भन्दै विज्ञप्ति जारी गर्ने चारमध्ये एक पदाधिकारी गिरीलाई लिङ्देनले पार्टीबाटै निकालेका हुन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया