बिएल संवाददाता
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका छन्। भण्डारीको निवासमै पुगेर कोइरालाले लगभग १ घण्टाजति कुराकानी गरेका थिए।
कोइराला सचिवालयका अनुसार बिहीबार बिहानै उनी भण्डारी निवास पुगेका थिए। समसामयिक राजनीतिक अवस्थासँगै दुई नेताबीच बढ्दो भ्रष्टाचार र बेथितिकाबारेमा पनि छलफल भएकोँ थियो।
कोइरालाले सरकारले भनेजस्तो सुशासन कायम गर्न नसकेको बताएका थिए भने भण्डारीले पनि आफू सधैं भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा रहेको बताएकी थिइन्।
बुधबारमात्रै कोइरालाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेका थिए। नेपाली काँग्रेस नेकपा एमाले नेतृत्वको सरकारमा प्रमुख साझेदार पनि हो। तर पछिल्ला दिनमा कोइरालाले निरन्तर सरकारको आलोचना गर्दै आएका छन्।
पूर्वराष्ट्रपति भण्डारीले केही समयअघि मात्रै सरकारी सेवासुविधा त्याग गर्दै एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया