बिएल संवाददाता
वामदेव गौतमको नेतृत्वमा रहेको नेकपा राष्ट्रिय एकता अभियान आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सँग औपचारिक रूपमा एकीकरण हुँदैछ।
भैंसेपाटीमा सम्पन्न अभियानको अन्तिम केन्द्रीय समिति बैठकले चार वर्षको समग्र समीक्षा गर्दै एकता गर्ने निर्णय लिएको हो।
बैठकमा संयोजक गौतमको अध्यक्षता रहेको थियो, जहाँ दुवै पक्षका शीर्ष नेताहरूबीच यसअघि नै सैद्धान्तिक समझदारी बनेको औपचारिक अनुमोदन गरिएको छ।
एकतापछि पार्टीको राजनीतिक दर्शन, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहने बताइएको छ। साथै, नेपालको कम्युनिष्ट आन्दोलनलाई थप संगठित र सुदृढ बनाउने साझा उद्देश्यका साथ यो एकता अघि बढाइएको हो।
यस एकीकरणको औपचारिक घोषणा आज राष्ट्रिय सभागृहमा हुनेछ। उक्त सभाका लागि एकीकृत समाजवादीले आफ्नो मातहतका सम्पूर्ण कमिटीहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइसकेको छ।
वामदेव र माधव नेपालको समूह नेकपा माओवादी र एमालेको एकताबाट बनेको तत्कालीन ‘नेकपा’बाट सँगसँगै बाहिरिएका थिए। माधव नेपालले झलनाथलाई वरिष्ठ नेता बनाएर एकिकृत समाजवादी पार्टी बनाए। तर वामदेव गौतम भने बाहिरै थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया