बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।
बिहीबार दिउँसो ३ बजे प्रचण्डलाई भेट्न कोइराला प्रचण्ड निवास खुमलटार पुगेका थिए। दुई नेताबीच साँझ ५ बजेसम्म दुई घण्टा लामो छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।
नेताहरूबीच समसामयिक राजनीति अवस्थाबारे छलफल भएको बताइएको छ।
पछिल्लो समय कांग्रेस-एमाले गठबन्धनमा खटपट बढिरहेका भेला दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ। त्यसो त शेखर कोइराला एमालेसँगको गठबन्धनप्रति सन्तुष्ट छैनन्।
उनी एमालेलाई मुख्य राजनीतिक प्रतिस्पर्धीका रुपमा चिनाउदै केही नेताहरू मन्त्री भएपनि सिंगो पार्टी सरकारमा नरहेको टिप्पणी गर्ने गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया