बिएल संवाददाता
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घुसकाण्डको अडियोबारे स्पष्टीकरण दिँदै राजीनामा नदिने बताएका छन्।
बिहीबार मन्त्रालयमा आफ्नो एक वर्षे अवधिको प्रगति विवरण सार्वजनिन गर्न आयोजित पत्रकार सम्मेलनमा उनले राजीनामा नदिने स्पष्ट गरेका हुन्।
पोखराको १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउन लागि परेका गिरोहसँग घुस लिएको अडियो प्रकरणमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुपर्यो। तर, उनै मन्त्रीले गुप्ताले समेत डामेका मन्त्री अधिकारी भने पदमै छन्।
बुधबार मात्र मन्त्री अधिकारीले ३२ लाख घुस लिएको दाबी गरिएको अर्को अडियो सार्वजनिक भएको थियो। अडियो सार्वजनिकपछि पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले राजीनमा नदिने प्रष्ट पारे।
उनले ‘मन्त्रिपरिषद पुनर्गठन हुँदा मन्त्री नरहन सक्छु, तर अहिले राजीनामा दिन्नँ’ भन्दै राजीनामा नदिने भनेका हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया