बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको टिप्पणी गरेका छन्।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको घटनाक्रमलाई उदृत गर्दै एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट गरेको आरोप लगाएका हुन्।
अध्यक्ष ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेको समेत आरोप लागाए। उनले एकीकृत समाजवादीले आन्तरिक रुपमा बार्गिनिङ गरिरहेको बताउँदै आइतबार बाहिर नै प्रकट गरेको टिप्पणी गरे।
उनले एकीकृत समाजवादीले कम्यनिष्ट साइन बोर्ड राखेर काम चाहिँ समाजवादको पक्षधरलाई कमजोर पार्न लागेको बताए।
‘सुदूरपश्चिममा दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट भयो। कम्युनिस्ट बोर्ड राख्ने काम चाहिँ विदेशीको हितमा काम गर्ने गरेको देखियो। तर यसले केही फरक पार्नेवाला छैन’, अध्यक्ष ओलीले भने।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया