बिएल संवाददाता
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का कैलाश चौधरीले दाबी पेस गरेका छन्।
चौधरीले नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नाउपा र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा दाबी पेस गरेका हुन्।
रञ्जिता श्रेष्ठ पक्षका उनले केन्द्रको सत्ता समीकरणको उम्मेदवारको रुपमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
यसअघि आजै नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनसहित नाउपाकै रेशम चाैधरी पक्षका लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्।
सुदूरपश्चिममा काँग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा एक स्वतन्त्र प्रदेशसभा सदस्य रहेका छन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया