बिएल संवाददाता
नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले संसदीय छानबिन समिति बनाउन सरकारलाई आग्रह गरेका छन्।
नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका-१० इकाई समितिले शुक्रबार आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम’मा सरकारले संसदीय छानबिन समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि प्रहार गर्न खोजेको उनले बताए।
सहकारी प्रकरणमा सरकारका मन्त्रीहरुमाथि प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यास रहेकाले सरकारले छानबिन समिति बनाउनुपर्नेमा जोड दिए। ‘सरकारले छानबिन समिति नबनाएर संसद्को क्षेत्राअधिकारमाथि प्रहार गरिरहेको छ,’ उनले भने।
संसदीय छानबिन समिति नबनेसम्म कांग्रेस आफ्नो मुद्दाबाट पछि नहट्ने उनको भनाइ थियो। नेता सिंहले कांग्रेसका कारण भन्दा सरकारको कारण अहिले संसद् चल्न नसकेको स्पष्ट पारे।
उनले कांग्रेससँग जनताको धेरै आशा र भरोसा भएकाले कांग्रेस सुध्रिएर अगाडि बढ्नुपर्ने उल्लेख गरे। युवालाई उत्पादनसँग जोड्न सकेमात्र देशले विकास हासिल गर्ने र विदेशिने युवाको सङ्ख्यामा कमी आउने बताए।
राजनीतिक स्थायित्व नभएको अवस्थामा गरिने लगानी सम्मेलनले लगानीको वातावरण बन्न नसक्नेसमेत पूर्व उपप्रधानमन्त्री सिंहले बताए। मुलुकमा भएका राजनीतिक दल जिम्मेवार बनेर देशलाई निकास दिनुपर्ने उनको भनाइ छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया