बिएल संवाददाता
नेकपा एमाले ओखलढुंगाका पूर्वजिल्ला अध्यक्ष शंकर कटवालले पार्टी परित्याग गरेका छन्।
जिल्ला अधिवेशनको क्रममा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमाले छोडेको घोषणा गरेका हुन्।
पार्टी सदस्यबाट राजीनामा दिँदै उनले भनेका छन्, 'दशाैँ जिल्ला अधिवेशनमा जे जस्ता रबैया र गतिविधिहरु देखियो। जुन खालका आरोप-प्रत्यारोपको होडबाजी चल्यो। नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो। मैले मेरो ३४ वर्षको राजनैतिक जीवनमा यस्तो विधि र पद्धतिविहीनता अनुभूति गरेको थिइनँ। अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ, न राजनैतिककर्मीको भविष्य बन्छ, न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ, न त राजनैतिक न्याय स्थापित गर्न सकिन्छ। यही कुरालाई महसुस गरी मैले ओखलढुंगा जिल्ला पार्टी इन्चार्ज क.खगेन्द्र राईमार्फत मिति २०८०/१२/२७ गते बेलुका ६ बजे नै पार्टी परित्याग गरेको राजीनामा पठाइसकेको छु। आजबाट म नेकपा एमालेको पार्टी सदस्यसमेत नरहेको सबैमा जानकारी गराउन चाहन्छु।'
बुधबार सकिएको एमाले ओखलढुंगाको अधिवेशनले ज्ञानबहादुर (जिबी) खड्कालाई अध्यक्षमा चुनेको थियो। उनले हर्कबोल राईलाई १३ मतले पराजित गरेका थिए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया