बिएल संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले राजसंस्था ल्याउँछु भन्नेसँग वार्ता नहुने बताएकी छिन्।
बुधबार झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै उनले सबै समस्याको हल संवाद र छलफलबाट सम्भव भएपनि राजतन्त्र ल्याउँछु भन्नेसँग वार्ता नहुने बताएकी हुन्।
पश्चगामी सोच र उद्देश्य प्रेरित आन्दोलनको कुनै अर्थ नहुने उनको भनाइ छ। ‘अग्रगमनले मात्रै समाज रुपान्तरण र मुलुकको विकास सम्भव छ,’ उनले भनिन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेन्डा र आन्दोलन पश्चगामी चरित्रको हो, त्यस्तो एजेन्डा बोकेर आन्दोलन गर्नेसँग सरकारले वार्ता गर्दैन।’
लोकतान्त्रिक गणतन्त्रको अर्को विकल्प तत्काल नभएकाले हिजै पार गरेर आइसकेको राजतन्त्र अर्को विकल्प हुनै नसक्ने उनले जिकिर गरिन्। उनले अग्रगामी चेतनाका साथ सडकमा आउने, लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्ने छुट सबैलाई हुनेमा शंका नगर्न आग्रह गरिन्।
उनले राजकीय पदको आडमा नियम कानुन मिच्ने छुट जो कसैलाई नहुने र गल्ती गर्ने कारबाहीको दायरामा आउने बताइन्।
मंगलमात्र राप्रपाले राजसंस्था पुन:स्थापना, हिन्दुराष्ट्र घोषणा, संघीयता खारेजी लगायत ४० बुँदे माग गर्दै आन्दोलन गरेको थियो।
आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा दुई दर्जन बढी घाइते भएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया