बिएल संवाददाता
इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्।
रास्वपाका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल, सांसद निशा डाँगी, रास्वपाका सह-महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी, तथा विपिन आचार्यको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन्।
इलाम बजारमा रहेको उम्मेदवार सम्पर्क कार्यालयबाट मन्त्री अर्याल लगायत केन्द्रीय पदाधिकारी र समर्थकहरूले आफ्नो पार्टीको चुनाव चिन्ह घण्टी बजाउँदै ठूलो र्र्यालीसहित मनोनयन दर्ता गराउन गएका हुन्।
लामो समयदेखि पत्रकारिता मार्फत नागरिकको मुद्दालाई जोडदार रूपमा उठाउँदै आएका लिम्बूको उम्मेदवारीलाई इलामका नागरिकहरूले आमनागरिकको उम्मेदवारीको रूपमा लिएर समर्थन गर्दै आएका छन्। इलाममा मात्र नभई देशभरीबाट नै मिलन लिम्बूका लागि उल्लेख्य समर्थन आएको प्रष्ट छ।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि हालसम्म एक दर्जन बढीले उम्मेदवारी दर्ता गराइसकेका छन्।
कम्युनिष्ट गिरोह की माफिया मण्डली
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया