बिएल संवाददाता
उपनिर्वाचनमा उम्मेदवार तय गर्न बसेको नेपाली काँग्रेसको संसदीय बोर्डको बैठक आज पनि अनिर्णित बनेको छ। संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो।
काँग्रेसमा भेषराज आचार्य र डम्बर खड्का इलाम- २ मा मुख्य प्रत्याशीका रूपमा देखिएका छन्। शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेकोमा सभापति शेरबहादुर देउवा सहमत हुन सकेका छैनन्।
आज पनि कुरा नमिलेपछि भोलि बिहान ९ बजे संसदीय बोर्डको बैठक बोलाइएको छ। यसैगरी दिउँसो कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने छ।
काँग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले बैठक सहमति नजिक रहेको बताएका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया