बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले दुई प्रदेश अध्यक्षलाई निष्कासन गरेकी छन्।
अध्यक्ष श्रेष्ठले पार्टीको गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन गरेकी हुन्।
श्रेष्ठले पत्र लेख्दै संस्थागत केन्द्रीय सदस्यहरुलाई कुटपिटमा संलग्न भएको भन्दै पार्टीबाट निष्काशन गरेकी हुन्।
उनीहरूलाई निष्कासनपछि विवाद अझ बढ्ने संकेत देखिएको छ। सुदूरपश्चिम प्रदेशमा सरकारमा सहभागी हुने विषयमा विवाद हुँदा संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिताबीचको विवाद अब सतहमा आउन थालेको छ।
अध्यक्ष रञ्जिता केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरणको पक्षमा लाग्ने बताउँदै आएकी छन् भने संरक्षक चौधरी भने त्यसको विपक्षमा रहेका छन्।
श्रीमान श्रीमतीसमेत रहेका रेशम र रञ्जिताबीच विवाद बढिरहेका बेला रेशम पक्षले चैत २३ र २४ गतेका लागि संस्थापक केन्द्रीय समिति बैठक बोलाएका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया