बिएल संवाददाता
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन्।
मंगलबार विश्वासको मत लिनेगरी आइतबार प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेको मुख्यमन्त्री शर्माकाे सचिवालयले जनाएकाे छ।
केन्द्रकाे सत्ता समीकरण फेरिएपछि फागुन २२ गते नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन्।
कर्णाली प्रदेशमा गठबन्धनमा माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ सांसद छन्। यसैगरी नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन्।
४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि २१ मत आवश्यक रहेको छ।
कम्युनिष्ट गिरोह की माफिया मण्डली
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया