बसन्त कुमार उपाध्याय
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव हारिन्छ कि भन्ने डरले विचार नमिल्नेसँग गठबन्धन गरिनु पार्टीले गरेको सबै भन्दा ठुलो गल्ति भएको बताएका छन्।
बाँकेकाे राप्ति सोनारी गाउँपालिका–६ फत्तेपुरमा जनसंवाद कार्यक्रममा महामन्त्री थापाले चुनाव हारेपछि सरकारमा पुग्न सकिँदैन कि भन्ने भयले नेताहरू डराउँदा यो अवस्था आएको दाेहाेर्याए।
‘एक बोट बनाउन झुट बोल्नुपर्छ, हामी कार्यकर्तालाई कति दुख छ तर नेताहरू चुनाव जितेर सहर पस्छन्, संगठन चलाउनेहरू गाउँ छाडेर हिंड्छन् अनि कसरी जनताका समस्या समाधान हुन्छन?’ उनले भने।
थापाले माघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा केही समय स्थगित भएर फेरि शुरु भएको छ। पहिलो चरणमा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको संवाद यात्रा फेरि सुरु गरेका थापाले आज शनिबार बाँके आइपुगेका छन्।
पछिल्लो चरणको संवाद यात्रा १५ गते नवलपरासीबाट प्रारम्भ भएर १६ गते रुपन्देहीको बाटो हुँदै कपिलवस्तु र दाङ्ग हुँदै १७ बाँके आइपुगेको हाे।
पूर्व–पश्चिम राजमर्ग र हुलाकी सडक आसपास केन्द्रित रहेको महामन्त्री थापाको संवाद यात्रामा संगठनका कुरा र कार्यकर्तासँग मात्रै नभइ सार्वजनिक चासोका विषयमा उनले ध्यान केन्द्रित गरेका छन्।
महामन्त्री थापाको यो संवाद यात्राको मुख्य केन्द्र तराई–मधेस छ। त्यसमा पनि हुलाकी राजमार्गको आसपास छ।
बाँके आइपुगेका उनले पूर्व–पश्चिम राजमर्ग र हुलाकी राजमार्गबीच पर्ने राप्ति सोनारी गाउँपालिकामा अवस्थित बाँकेमा रहेको राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको अवलोकन गरे।
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया