बिएल संवाददाता
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्न इलामस्थित सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
इलामस्थित प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसँग शनिबार गरिएको छलफलमा उनले जनताले अनुभूत गर्ने खालको काम गर्न निर्देशन दिए।
गृहमन्त्री लामिछानेले शान्ति, सुरक्षा तथा सुव्यवस्था कामय राख्न एवं अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्न निर्देशन दिए। सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी काम गर्न गृहमन्त्री लामिछानेले निर्देशन छ।
इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट औपचारिकरुपमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा सहभागी हुन गृहमन्त्री लामिछाने इलाम आइपुगेका छन्।
रास्वपाले उक्त क्षेत्रमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि उनी आजै किराँत धर्मगुरु आत्मानन्द लिङ्देनलाई भेट्न माङ्सेबुङ–५ लारुम्बा पुगेका थिए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया