बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारमा एमालेसहितको गठबन्धन र समीकरण देश र जनताको समृद्धि तथा राजनीतिक स्थायित्वका लागि गरिएको बताएका छन्।
उदयपुरको गाईघाटमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक स्थायित्वका लागि गरिएको बताए।
देशमा प्रजातन्त्र र गणतन्त्र अझ बलियो र सुदृढ बनाउन वर्तमान समीकरण गरिएको उनको भनाइ थियो।
एमालेसहितको नयाँ समीकरणको सरकार पूरै कार्यकाल चल्ने तथा भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिका साथ काम भइरहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए।
भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि छाड्न नहुने उल्लेख गर्दै उनले कानुनबमोजिम कारबाहीका लागि एमालेले पहल गरिरहेको उल्लेख गरे। कोशी प्रदेशमा चाँडै एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए।
एमाले उदयपुरको आजदेखि सुरु हुने नवाैँ जिल्ला अधिवेशनमा सहभागी हुन उहाँ यहाँ आएका हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया