बिएल संवाददाता
पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादमा पुगेर मात्र देशलाई समृद्ध बनाउन सकिने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिचन्द्र क्याम्पस कमिटीले आज आयोजना गरेको ‘बृहद् होली मिलन कार्यक्रम’मा उनले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका हुन्।
'देशको विकास गर्न र विकृति विसंगतिलाई अन्त्य गर्न समाजवाद आवश्यक छ, समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिन्छ,' उनले भने। समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध मुलुकका रुपमा रुपान्तरण गर्न सकिने उनको भनाइ थियो।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता खनालले सुखी नेपाली, समृद्ध मुलुकको सपना समाजवादबाट मात्र पूरा हुनसक्ने बताए। देशका युवा साम्राज्यवादी, प्रभुत्ववादी र हस्तक्षेपकारी शक्तिका विरुद्ध एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।
पूर्वप्रधानमन्त्री खनालले देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पूँजीवादी शक्तिका विरुद्ध पनि आम जनता एकताबद्ध हुनुपर्ने उल्लेख गरे। उनले विद्यार्थीलाई उपल्लो निकायसम्म पुगे पनि भ्रष्टाचारमा नलाग्न अनुरोध गरे।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया