बिएल संवाददाता
नेकपा एमालेले बझाङ १ मा हुने उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने भएकाे छ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले १५ वैशाखमा हुने उपनिर्वाचनमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।
बझाङ प्रदेशसभा १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त क्षेत्रकाे पद रिक्त छ।
यसैगरी इलाम–२ मा हुने उपनिर्वाचनमा एमालेबाटै सुहाङ नेम्वाङ उम्मेदवार हुने भएका छन्।
सुहाङ दिवङ्गत एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन्। सुवास नेम्वाङको गत भदौमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया