
उमेश थापा
सत्ता समिकरण फेरबदल भएसँगै नवनियुक्त मन्त्रीहरू आफूअनुकुलका सचिवहरूको खोजीमा छन्। विशेषगरी पार्टीको ट्याग लागेका सचिवहरूको सरुवा गर्ने र आफूअनुकुलका सचिव ल्याउने तयारीमा मन्त्रीहरू छन्।
राजनीतिक व्यक्तिले प्रशासनलाई आफूअनुकुल बनाउने याे रोग पुरानै हो। जसअनुसार सत्ता परिवर्तन भएपछि नवनियुक्त मन्त्रीहरूले पनि आफूअनुकुल नभएका सचिवहरू हटाउने तयारी गरिरहेका छन्।
जसमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर अर्थबाट हटाइँदैछन्। सचिव पुष्कर कांग्रेस नेतृत्व सरकारमा अर्थमन्त्रालय भित्रिएका थिए। अर्थ मन्त्रालयमा माओवादीका नेता बर्षमान पुन आएसँगै उनले अर्थमा आफूअनुकुलका सचिवलाई भित्र्याउने तयारी गरेका छन्।
पुनले पुरानालाई निकालेर नयाँ कर्मचारी हाल्ने तयारी पनि गरेकाे अर्थमन्त्रालय स्राेत बताउँछ। यसैपनि सचिव पुष्करले अर्थमन्त्री पुनको निर्देशनलाई नमानेको बताइन्छ। पुन अर्थमा आएसँगै बिहीबार सचिव पुष्कर वल्र्ड बैंकको कार्यक्रममा भाग लिन अमेरिका उडेका थिए।
अर्थमन्त्रालय स्रोतका अनुसार पुनले सचिव फेरबदलको लागि क्याविनेटमा फाइल बुझाउँदैछन्। अर्थमा सचिव कृष्ण राउतलाई भित्र्याउने तयारी भइरहेको छ।माओवादी निकट मानिने उनी राष्ट्रिय प्राकृति स्रोत तथा वित्तीय आयोगमा छन्।
यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दमोदर भण्डारीले पनि सचिव फेरबदल गर्न आँटेको स्रोत बताउँछ। स्रोतकाअनुसार मन्त्री भण्डारीले सचिव मुकुन्द प्रसाद निरौलालाई हटाएर तोयम रायलाई उद्योगमा भित्र्याउने तयारी गरेका छन्।
मुकुन्द कांग्रेस निकट मानिन्छ भने तायम एमाले निकट मानिन्छन्। तर, सचिव राय सरकार कति समय टिक्छ भन्ने अन्योलमा रहेको र अहिले नै उद्योगमा जाने तयारी गरेका छैनन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोद प्रकाश सिंह पनि फेरबदलमा पर्ने संम्भावना छ। सामान्य प्रशासन मन्त्रालय नेकपा (एकिृकत समाजवादी)का नेता भानुभक्त जोशी आएपछि सचिव सिंहलाई तनाव भइरहेको छ।
सचिव सिंहले समाजवादी निकट सचिव नभएको कारण मन्त्रालयमा बसिरहन लविङ गरिरहेको स्रोत बताउँछ। सिंह कांग्रेस निकट मानिन्छन्।
मन्त्री जोशीको सचिवालय कांग्रेसी ट्याग लागेका सचिव नराख्न मन्त्रीलाई दबाब दिइरहेका छन्।
तर, कसलाई मन्त्रालयमा ल्याउने हो भन्ने मन्त्री जोशी र सचिवालय पदाधिकारीहरू स्पष्ट भइसकेका छैनन्।
सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल पनि अप्ठ्यारोमा पर्ने भएका छन्।
सचिव गेलाल एमाले निकट कर्मचारी मानिन्छ। त्यसै कारण पनि लामो समय उनी प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा त्यत्तिकै बस्नु परेको थियो।
पूर्व सहरी विकास मन्त्री सीता गुरुङले सचिव गेलाललाई मन्त्रालय भित्र्याएकी थिइन्। गेलाल निजामती प्रशासनमा काम गर्न सक्ने सचिवको रुपमा स्थापित सचिव हुन्।
सचिव गेलालको खुल्लेर नै प्रशंसा गर्ने केही सचिवहरू पनि छन्।
तर, शहरी विकास मन्त्री धन बहादुर बुढाले सचिव फेरबदल गर्ने संकेत सुरुमा नै गरेका छन्। स्रोतका अनुसार एमाले निकट सचिव गेलाललाई नराखेर आफैंँ निकट सचिव ल्याउन मन्त्री बुढाले तयारी गरेका छन्।
मन्त्री बुढाले एकिकृत समाजवादी पार्टी निकट सचिवको खोजीमा छन्।
यस्तै पर्यटन मन्त्रालयमा पनि सचिव फेरबदलको तयारी भइरहेको छ। स्रोतका अनुसार बागमती प्रदेशका सचिव घनश्याम उपाध्याय पर्यटन मन्त्रालय आउन रुची देखाइरहेका छन्।
तर पर्यटन मन्त्री हित बहादुर तामाङले सरुवाको विषयलाई चासो भने दिएका छैनन्।
सँगै कानून मन्त्रालयमा सचिव लिलादेवी गड्तौलालाई भित्राउने चर्चा छ। सचिव गड्तौला प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्यरत छिन्। स्रोतका अनुसार कानून मन्त्री पदम गिरी काम गर्ने सचिवको खोजिमा छन्।
यसले गर्दा पनि सचिव गड्तौलाले नै अवसर पाउने हो कि भनेर प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया