बिएल संवाददाता
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग सांसद ज्ञानेन्द्रबहादुर कार्कीले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा पेस गर्नुभएको बजेटका सिद्धान्त र प्राथमिकतालाई स्वामित्व लिएर सरकार अघि बढ्नुपर्ने बताएका छन्।
उनले निवर्तमान अर्थमन्त्रीले पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताले अर्थतन्त्रको विद्यमान अवस्थालाई वास्तविक चित्रण एवं आगामी दिनमा तय गर्नुपर्ने बाटो अवलम्बन गरेको छ भने।
ठूला पूर्वाधार आयोजना निर्माण तथा उत्पादन क्षेत्रलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तयार पारिएको उल्लेख गर्नुहुँदै पूर्व अर्थमन्त्री कार्कीले अर्थतन्त्रलाई ठीक ढङ्गले अघि बढाउन सकिएन भने थप समस्यामा पर्ने बताए।
अहिले सार्वजनिक ऋणको दायित्व भुक्तानी र सामाजिक सुरक्षामा ठूलो रकम खर्च भइरहेको उनले बताए। पुँजी निर्माण र उत्पादन तथा उत्पादकत्व बढ्ने गरी बजेटको सिद्धान्त तथा प्राथमिकता तय गरिनुपर्ने उनको भनाइ छ।
प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्यो।
उक्त विधेयक माथि संशोधन पेस गर्न चाहने सांसदलाई ७२ घण्टाभित्र विधेयक शाखामा संशोधन पेस गर्न भनिएको छ। प्रतिनिधिसभाको अर्को बैठक यही चैत ७ गते बुधबार बिहान ११ बजे बस्नेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया