बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको नाममा शासन गर्ने राजनीतिक दलहरू जनताको अग्निपरीक्षामा असफल भएको दाबी गरेका छन्।
राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र जनजीविकाको सवालमा प्रमुख भनिने राजनीतिक दलहरु पूर्णत: असफल भएकाले राप्रपा विकल्प सहित जनताको माझमा आएको बताएका छन्।
राप्रपाले सरकार समक्ष पेश गरेको ४० बुँदे मागका बारे जनतालाई जागरुक तुल्याउन र जनमत सिर्जना गर्न आज सर्लाहीको बरहथवामा पार्टीद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मधेसको नेतृत्व गर्ने पार्टीहरूले गएको १५ वर्षमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लागू भएपछि मात्रै मधेसको नाममा मधेस केन्द्रित राजनीतिक दलहरूबाट ५० जना नेताहरू मन्त्री हुने मौका पाएको तर मधेसका जनताको लागि काम गर्न नसकेको आरोप लगाएका छन्।
अध्यक्ष लिङ्देनले मधेसले प्रधानमन्त्रीबाहेक राष्ट्रपति, उपराष्ट्रपति, महत्वपूर्ण मन्त्रालय प्राप्त परिसक्दा पनि मधेसका जनताको पक्षमा, मधेसी जनताको जीवनस्तर सुधार गर्ने दिशामा कुनै काम हुन नसकेको मात्रै होइन झनझन् कमजोर बन्दै गएको बताएका छन्।
लिङ्देनले भने, ‘अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक नेपाली जनताको भरोसा अरू कुनै राजनीतिक शक्ति छैन। अन्य सबै राजनीतिक शक्तिहरू जनताको अग्नि परीक्षामा असफल भइसकेका छन्। गलत साबित भइसकेका छन्।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया