बिएल संवाददाता
आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० र प्रदेशसभातर्फ १९ वटा दल दर्ता भएका छन्।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्तिमार्फत प्रतिनिधिसभा र प्रदेशसभामा दल दर्ताकाे निर्णय भएको जानकारी दिएकाे हाे।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले दर्ताको निवेदन दिएका छन्।
रास्वपाले भने प्रतिनिधिसभामा मात्रै दल दर्ताका लागि निवेदन दिएको छ। जसकारण प्रदेशतर्फ १९ निवेदन परेको हो।
आगामी १५ वैशाखमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को ‘क’ मा उपनिर्वाचन हुँदैछ।


कम्युनिष्ट गिरोह की माफिया मण्डली
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया