बिएल संवाददाता
अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले तल्लो वर्गको अधिकारका लागि लडेकाे शक्ति माओवादीलाई कमजोर हुने छुट नभएको बताएका छन्। शुक्रबार ललितपुरमा एक कलेजको कार्यक्रममा उपाध्यक्ष मैनालीले भएका कमजोरी सच्चाउने र जनताको पक्षमा उभिन सक्ने शक्तिशाली संगठन बनाउने विकल्प मात्र माओवादीसँग रहेको बताए।
‘माओवादी बन्नु र सकिनुसँग देशको भविष्य जोडिएको छ। माओवादी सकिँदा पछिल्ला सबै उपलब्धिसहित मुलुकका एक तिहाइ जनजाति, त्यतिनै संख्याका मधेशी र करिब २४ लाख दलितको अधिकार जोखिममा पर्छ। सीमान्त ठाउँबाट राजनीतिमा आएकाहरू समस्यामा पर्छन्,’ मैनालीले भने, ‘त्यसैले माओवादी सकिनु हुन्न। माओवादी भनेको देशको भविष्य हो र यसलाई हामीले त्यसै अनुसार अघि बढाउनुपर्छ। कमजोरी सच्चाउने र जनताको पक्षमा उभिन सक्ने शक्तिशाली संगठन बनाउने विकल्प मात्र माओवादीसँग छ।’
माओवादी सकिँदा देश बन्ने कि नबन्ने भन्ने अवस्था सिर्जना हुने भन्दै मैनालीले माओवादीलाई कस्तो बनाउने भन्ने अखिल क्रान्तिकारीकै हातमा रहेको पनि बताए।
कार्यक्रममा उनले अखिल क्रान्तिकारीमा शहीद पूर्ण पौडेल र बेनोज अधिकारीहरूको अपमान कतैबाट पनि सैह्य नहुने बताए। उनले संगठनात्मक अराजकता र बेथिति बढ्दै गएको भन्दै गम्भिर चिन्तासमेत व्यक्त गरे।
मैनालीले संगठनलाई मजबुत, जनमुखी र विद्यार्थीको हकहितमा केन्द्रीत गर्नका लागि अनुशासन आवश्यक भएको बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया