बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले स्थिर राजनीतिक प्रणालीको विकास गर्न सकिए मात्र देश उभो लाग्ने बताएका छन्।
नेकपा सुर्खेतद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा महासचिव चन्दले अस्थिर राजनीतिक प्रणालीले मुलुक सही ढङ्गले अघि नबढ्ने बताए।
‘पूँजीलाई जनतातर्फ फर्काउने अर्थतन्त्रको विकास नहुन्जेलसम्म मुलुकमा परिवर्तन हुँदैन’, उनले भने।
नेपाली विशिष्टताको मौलिक समाजवाद आजको आवश्यकता भएको उल्लेख गर्दै महासचिव चन्दले यसबाट मात्र मुलुकमा देखिएको सङ्कटको समाधान हुने दाबी गरे।
पछिल्लो समय नेकपाले उपभोग, उत्पादन र आत्मनिर्भर समाज निर्माण गर्नतर्फ जोड दिइरहेको उनको भनाइ थियो।
‘मालिक बन्ने शिक्षालाई श्रम र उत्पादनसँग जोड्नु पर्छ। समृद्ध र आत्मनिर्भर मुलुकका लागि कृषि उत्पादन र उद्योगको विकासमा जोड दिनुपर्दछ’, महासचिव चन्दले भने।
समाजवादी मोर्चाको गति अपेक्षित रुपले नबढे पनि अब रफ्तारमा जाने र सुरुमा माओवादीबीचको एकता गरी पछि कम्युनिष्ट घटकबीचको एकतामा जोड दिइने उनको भनाइ थियो।
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
कम्युनिष्ट गिरोह की माफिया मण्डली
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया