बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले गृहमन्त्री बन्दा खाेजिने नैतिकता प्रधानमन्त्रीको अफर गर्दा खाेजिनुपर्ने टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिकाे छलफलमा उनले नेपाली कांग्रेसले संसदमा गरेकाे आलोचनाप्रति गर्दै यस्ताे बताएका हुन्।
‘गृहमन्त्री बन्दा खोजिने नैतिकता मलाई लाग्छ प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो। यहाँ डर छ, भागीभागी हिँडियाछ। च्याप्प समाएर प्रधानमन्त्री, समाएर उपप्रधानमन्त्री बनाइदेलान् भनेर भागीभागी हिँड्नुपरेकाे छ’, वाग्लेले भने, ‘कांग्रेसका पुराना मित्रहरुलाई थाहा छ, म प्रमाणबेगर नबाेल्ने मान्छे हाे। हेक्का रहोस्, कांग्रेसले अफर गरेको छैन भन्नुहुन्छ भने हामी सक्कली कांग्रेस र नक्कली कांग्रेस खोज्दै हिँड्ने कुरा पनि भएन।’
उपसभापति वाग्लेले आफ्नो पार्टी नयाँ भएको र जनताका काम गर्न आएको बताए। उनले सार्वजनिक सेवा प्रवाहका लागि गठबन्धन गरेको स्पष्ट पारे।
रास्वपाले सरकारमा बसेर सुशासन र सेवा प्रवाह गर्ने उल्लेख गर्दै उपसभापति वाग्लेले त्यो काम गर्न नसकेको दिन पार्टी आफैँ सरकारबाट बाहिरिने पनि स्पष्ट गरे।
साथै उनले जोखिम लिएरै आफूहरुले वर्तमान गठबन्धन सरकारलाई साथ दिएको हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया