
बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले अहिलेको माओवादी–एमाले गठबन्धनको गोत्र पनि मिलेको बताएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेस र माओवादीको गठबन्धन गोत्रै नमिल्ने गठबन्धन बनेको भन्दै अहिलेको नयाँ गठबन्धनको गोत्र मिलेको बताए।
‘गोत्रको कुरा छ नेपाली कांग्रेससँग मिलेको थिएन। यता मिलेको छ यो प्राकृतिक गोत्र बनेको छ। विगतको गठबन्धन अप्राकृतिक थियो। किनभने अहिले उहाँहरूको कुरा सुन्दा मंसिर ४ को कुरा आयो। त्यसबेला गठबन्धन बन्दा बीचमा कुनै लिखित दस्ताबेज, साझा घोषणा पत्र थिएन। विश्वासको आधारमा भएको हो। गठबन्धनले माओवादीलाई २० सिट कम भयो। नेपाली कांग्रेससँग गठबन्धन बनाउँदा माओवादीलाई ठूलो धोका भएको छ,’ उनले भने।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया