बिएल संवाददाता
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ।
पार्टी केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छे रोहितको अध्यक्षतामा बुधबार बसेको पार्टी सचिवालको वैठकले बुधबार संसदमा हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि हुने विश्वासको मतमा विश्वासको मत नदिने निर्णय भएको हो।
बैठकपछि पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालद्वारा जारी प्रेस विज्ञप्तिमा व्यक्तिभन्दा पनि पार्टी नीतिलाई हेर्ने भएकोले प्रधानमन्त्रीको विश्वासको मतदानमा विपक्षीमा मतदान गर्ने उल्लेख छ।
प्रधानमन्त्रीमाथिको विश्वासका मत दिने निर्णय भएका पार्टीहरु र नेकपा माओवादी केन्द्रकोवीचमा नीतिगत रुपमा खासै भिन्नता नभएको विज्ञप्तिमा जनाइएको छ।
नेमकिपा हालसम्म कुनै पनि दलको सरकारमा सामेल भएको छैन। सरकारमा गएका पार्टीहरुलाई उसले नीति तथा कार्यक्रमको आधारमा समर्थन र विरोध गर्नै काम गर्दै आएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया