बिएल संवाददाता
सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरू रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एसईई सम्मान कार्यक्रममा बोल्दै उनले देशमा भएको अवसरलाई सदुपयोग नगरेर ‘केही भएको छैन’ भन्ने कुराको पछि दौडिने प्रवृत्ति बढेको भन्दै नेपालमा नै प्रशस्त सम्भावनाहरू रहेको बताए।
उनले भने, ‘नेपालमा नै बसेर राम्रो शिक्षा प्रप्त गर्ने अवसर छ। यसको सदुपयोग गर्नुपर्छ। हामीसँग भएको अवसरलाई सदुपयोग गर्न जान्नुपर्छ। भएको कुरा केही होईन र हुँदै नभएको कुराको पछि पछि दौडिएर हामीले के पाउने? नेपालमा प्रशस्त सम्भावनाहरू छन्।’
यस्तै, उनले नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने काम सबैको भएको भन्दै केही हुँदैन भन्ने गलत भाष्यलाई सबैले गलत साबित गर्नुपर्ने बताए।
उनले भने, ‘अहिले नेपालमा केही हुँदैन, भन्ने भ्रम फैलाउने दुस्प्रयास भइरहेको छ। तर तपाई हामीले हो नेपाल बनाउने, नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने, सुरुमै निराश भएर केही हुँदैन भन्ने गलत भाष्य निर्माण भइरहेको छ। यसलाई पनि सबैले गलत साबित गर्नुपर्छ।’
उनले सबै विद्यार्थीहरूलाई मेहेनतका साथ अगाढि बढ्न पनि आग्रह गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया