बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा एमाले फरक दल भएकोले असमझदारी देखिनु सामान्य भएको बताएका छन्।
शुक्रबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै देउवाले सत्ता गठबन्धनमा साझेदारी गरे पनि कांग्रेस-एमाले फरक-फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको र बेलाबखत असमझदारी भइरहने बताएका हुन्।
उनले दुई दलबिच असमझदारी देखिए पनि सरकार आपसी सहमतिअनुसार अगाडि बढिरहेको र कांग्रेसको आग्रहमा सरकारले बजेटबाट ‘टेक एन्ड पे’ सहज रुपमा हटाएको बताए।
उनले भने, ‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वाभाविक हो। सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ।’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया