बिएल संवाददाता
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले रास्वपाले सभापति रवि लामिछानेको पक्षमा सुरु गरेको हस्ताक्षर अभियानप्रति असन्तुष्टि जनाएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत विश्वकर्माले रास्वपाले पार्टी स्थापना दिवसको अवसर पारेर सभापतिको पक्षमा थालेको हस्ताक्षर अभियानप्रति प्रश्न उठाएका हुन्।
उनले अदालतमा विचाराधिन मुद्दामा संसदमा समेत प्रश्न गर्न नपाइने व्यवस्ता रहेकोमा अदालतको निर्णयको विरुद्धमा गरिएको प्रदर्शन र हस्ताक्षर अभियानले कस्तो न्याय प्रणाली स्थापना गर्ला? भन्दै प्रश्न गरेका छन्।
‘अदालतमा विचाराधिन विषयमा संसदमा त प्रश्न गर्न नपाईने संवैधानिक व्यवस्था छ भने, अदालतको निर्णयविरुद्ध सडकमा गरिएको प्रदर्शन र हस्ताक्षर अभियानले कस्तो न्याय प्रणाली स्थापित गर्ला? के नेपाली जनताले खोजेको नयाँ शक्ति भनेको यस्तै नै हो? अनि हस्ताक्षर बुझाउने कहाँ? तत्पश्चात हस्ताक्षरका आधारमा कसले के निर्णय गर्ला?’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया