बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनको अवरोध खुलाउन एमालेसँग गरेको सहमतिलाई माओवादीकै नेताहरूले कुरै नबुझी प्रतिक्रिया दिएको भन्दै दुःखेसो पोखेका छन्।
बिहीबार पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विद्यालय ऐन, निजामती, नागरिकता लगायतका विधेयकहरू पास गर्नुपर्ने बाध्यताका कारण सदन खुलाउन पहल गरेको जिकिर गरे।
प्रचण्डले भने, ‘हामीले संसद खुलाउन सहमति गर्यौं, तर हाम्रा धेरै साथीले बुझेनन् मलाई दुःख छ। सरकारको नेतृत्व सदन नचलोस् भन्ने चाहेको हामीले बुझ्यौं। अहिले पनि त्यहीँ छ। यो नचल्दिए हुन्थ्यो भन्ने छ। सदन भङ्ग भइदिएदेखि अध्यादेशबाट सबै गर्ने। चाहे बजेट होस् चाहे अन्य ऐनको कुरा होस्। त्यही बुझेर कदम चालियो।’
एकथरी मानिसहरूले जानिबुझी गलत प्रचार गरेर लिडरसिपलाई कसरी घेराबन्दी गर्न सकिन्छ भनेर लागेकोले त्यसबारे मजदुर वर्गले बुझिदिनुपर्ने बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया