बिएल संवाददाता
काठमाडौं जिल्ला अदालतले सामाजिक सञ्जालमार्फत राजनीतिज्ञहरूलाई गालीगलौज गरेको र मानहानी गरेको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेतलाई धरौटीमा छाड्न आदेश दिएको छ।
बिहीबार न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश गरेको हो। बुधबार सरकारी वकिलको कार्यालयले बस्नेतविरुद्ध अनुसन्धान सकेर एक लाख जरिवाना वा ५ वर्षसम्मको कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको थियो।
बस्नेतले टिकटकमार्फत प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकदेखि कांग्रेस महामन्त्री गगन थापासम्मलाई गालीगलौज गर्ने गरेकी थिइन्। उनले सरकारका गतिविधिहरूमा विरोध जनाउँदै अश्लिल भाषासमेत प्रयोग गर्दै भिडियो बनाउने गरेकी थिइन्।
प्रहरीले सामाजिक सञ्जालमार्फत नेताहरूको अपमान र बेइज्जत गरी द्वेष फैलाएको आरोपमा बस्नेतलाई गत असार १ गते उनकै कोठाबाट पक्राउ गरेको थियो।
बस्नेतले रास्वपा सभापति रवि लामिछाने लगायत स्वतन्त्र पार्टी र स्वतन्त्र जनप्रतिनिधिहरूको समर्थन र पुराना राजनीतिक दल र नेताहरूको विरोधमा भिडियो बनाउँदै पोस्ट गर्ने गरेकी थिइन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया