बिएल संवाददाता
नेपाली कांग्रेसले पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधनमा तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने भएको छ।
बुधबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कांग्रेस नेता एवं पूर्वमन्त्री शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै असार ४, ५ र ६ गते झण्डा आधा झुकाउने निर्णय गरेको हो।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले असार ५ गते (भोलि) केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्नुका साथै स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने पनि निर्णय गरेको छ।
यसका साथै कांग्रेसले स्वर्गारोहणको १३औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने भएको छ।
अर्घाखाँची जिल्लाको किमडाडामा वि.सं. १९९३ जेठ २५ गते जन्मिएका स्वर्गीय शास्त्री वि.सं.२०४८ र २०५१ को आम निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया