बिएल संवाददाता
खानेपानीमन्त्री प्रदीप यादवले वर्षायामको समयमा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौंवासीका घर-घरमा वितरण हुने दाबी गरेका छन्।
सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत अनुगमन तथा निरीक्षणपश्चात मन्त्री यादवले अब बर्षातको समयमा पनि काठमाडौंवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताएका हुन्।
उनले भने, ‘काठमाडौंमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको सफल परिक्षण भएको छ। बर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै अब वैकल्पिक उपायस्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौंमा आपूर्ति गरिने व्यवस्था गरेका छौं।’
बर्षायाममा रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ मार्गबाट पठाइने र काठमाडौंवासीलाई उक्त खोलाको पानी बाह्रै महिना निर्वाध रुपमा बितरण गरिने मन्त्री यादवले जानकारी दिए।
उनले भने, ‘यो व्यवस्थाले उपत्यकावासीको दीर्घकालीन खानेपानी समस्याको दीगो समाधान गर्ने अपेक्षा गरिएको छ। अब काठमाडौंका नागरिकले वर्षायाममा पानीका लागि दुःख पाउनु पर्दैन। हामी जिम्मेवार सरकार हौं, जनताको प्राथमिकता बुझ्नु र समाधान गर्नु हाम्रो दायित्व हो।’
बर्षातको समयमा मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न नसकिने अवस्थामा मेलम्चीकै टनेलबाट रिर्बामाबाट दैनिक पाँचदेखि सात करोड लिटर पथान्तरण गर्न सकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई. रत्नप्रसाद लामिछानेले जानकारी दिए।
उनले भने, ‘त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचनाहरू तयार भइसकेका छन्। हाल उक्त खोलामा उपलब्ध पानी सुरुङमार्फत काठमाडौंमा पथान्तरणको सफल परिक्षण गरिएको छ। अब बर्षातको समयमा पनि काठमाडौंमा पानी बन्द हुने छैन।’
विगतमा वर्षा र बाढीका कारण मेलम्ची सुरुङ बन्द गर्नुपरेको इतिहासलाई ध्यानमा राख्दै, यसपालि प्रविधि र पूर्वतयारीमा विशेष ध्यान दिइएको कार्यकारी निर्देशक लामिछानेले बताए।
मेलम्ची आयोजनाका प्राविधिक, सुरक्षाकर्मी र आपूर्ति टोलीहरू त्यहाँ २४ सै घण्टा खटिएका छन् भने बाढी लगायतको उच्च जोखिमलाई समेत मध्यनजर गर्दै सुरुङमार्ग र वितरण प्रणालीको मर्मत तथा सुरक्षा मजबुत बनाइएको जनाइएको छ।
०७८ सालको विनाशकारी बाढीले मेलम्चीको मुहान क्षेत्रमा पुर्याएको क्षतिपछि बर्षायामको समयमा नियमित खानेपानी आपूर्तिमा गम्भीर अवरोध उत्पन्न भएको थियो।
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया