बिएल संवाददाता
बिहीबार परेको अविरल वर्षासँगैको चट्याङमा परेर मुगुमा एक किसानले पालेका १४ बाख्रा मरेका छन्।
बिहीबार दिउँसो चट्याङ लागेर छायाँनाथ रारा नगरपालिका-८ झ्यारी गाउँका किसान देवचन्द्र रावलका १४ वटा बाख्रा मरेका हुन्। चट्याङ लागेर थप चारवटा बाख्रा घाइते छन्।
एकैसाथ १४ बाख्रा मरेपछि देवचन्द्रले बाख्रा पालनबाट विस्तापित हुनु परेको छ। उनले नगरपालिका लगायत अन्य निकायबाट राहत पाए फेरि बाख्रा पालन गर्ने बताए।
तीन घण्टा लामो भएको भारी वर्षापछि आएको बाढीले सोही गाउँकी बासुरुपा रावलको घर भत्किएको छ।
झ्यारी गाउँका अन्य धेरैजसोको घरभित्रै बाढी पसेको छ। केही गाउँले विस्थापित समेत भएका छन्।
२०७९ असोज महिनाको २४ र २५ गते आएको अविरल वर्षाले पनि झ्यारी गाउँमा ठूलो क्षति पुर्याएको थियो।
०७९ कै बाढीले चर्किएकै घरमा बस्नुपर्ने बाध्यता खेपिरहेका स्थानीय जोखिम मोलेर अहिले बस्न बाध्य रहेको स्थानीय असल रावलले बताए।
वर्षापछिको बाढीले पाक्दै गरेको जौं गहुँ बालीमा पनि क्षति पुगेको छ। घटनाको एकीन विवरण आउन भने बाँकि छ।
रारा छायानाँथ नगरपालिकाका मेयर विष्णुकुमार भामले प्रहरी पठाएर घटनाको मुचुल्का उठाउने काम भइरहेको जानकारी दिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया